कर्मचारीको निधनले शोकमा पाणिनि, सोमबार पालिकाभर सार्वजनिक बिदा

समाचार सारांश
Auto Generated by AI
  • पाणिनी गाउँपालिकाका कर्मचारी लक्ष्मीकान्त घिमिरेको निधन भएको छ।
  • उनको निधनको शोकमा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।
  • बिदाका दिन गाउँपालिकाका कार्यालय, वडा र स्वास्थ्य संस्था बन्द रहनेछन्।

अर्घाखाँची । पाणिनि गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका कार्यालयमा कार्यरत लक्ष्मीकान्त घिमिरेको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाले आइतबार शोक बिदासम्बन्धी सूचना जारी गर्दै घिमिरेको असामयिक तथा दुःखद निधनले सम्पूर्ण गाउँपालिका परिवार मर्माहत र स्तब्ध भएको जनाएको हो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवंगत कर्मचारीप्रति सम्मान तथा शोक प्रकट गर्न २०८३ असार २९ गते सोमबार पाणिनी गाउँ कार्यपालिकाको कार्यालयसहित गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य संस्थामा एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

घिमिरे पाणिनि गाउँपालिकामा योजना सुपरभाइजर पदमा कार्यरत थिए । लामो समयदेखी घाटिको ट्युमरको समस्याले ग्रस्त घिमिरेको उपचारका क्रममा असार २८ आइतबार निधन भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?