कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि कारबाहीको माग

मो. अयान मियाँ / महाराजगंज

कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन कपिलवस्तुको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसमक्ष ज्ञापनपत्र बुझाएको छ।

फाउन्डेसनका अनुसार ‘प्रेम योगी’ नामक फेसबुक आईडीबाट इस्लाम धर्म तथा पैगम्बर–ए–इस्लामबारे आपत्तिजनक तथा भड्काउपूर्ण टिप्पणीहरू सार्वजनिक गरिएको भन्दै उक्त फेसबुक आईडी सञ्चालन गर्ने व्यक्तिको पहिचान गरी प्रचलित कानुनअनुसार अनुसन्धान तथा आवश्यक कारबाही गर्न माग गरिएको हो।

प्रतिनिधिमण्डलले सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने गतिविधिमाथि सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने बताउँदै आफूहरू कानुनी प्रक्रियाबाट अघि बढ्न चाहेको जनाएको छ। साथै, सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विषयलाई गम्भीरतापूर्वक लिएको र सम्बन्धित फेसबुक आईडी तथा त्यसमा प्रकाशित सामग्रीबारे आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार सम्बन्धित व्यक्ति हाल विदेशमा रहेको भनिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन। उक्त फेसबुक आईडी कसले सञ्चालन गरेको हो र सम्बन्धित व्यक्ति हाल कहाँ छन् भन्ने विषय सम्बन्धित निकायको अनुसन्धानबाट स्पष्ट हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?