जेष्ठ सामाजिक संस्था खोटाङ्ग सेवा समाजको अधिवेशन भव्यताका साथ सम्पन्न

सन्ध्या अर्याल
दोहा, कतार :”परदेशको पसिना,स्वदेशको साकार सपना”भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापित कतारको सबैभन्दा जेष्ठ सामाजिक संस्था खोटाङ्ग सेवा समाज कतारको बाह्रौं अधिवेशन सम्पन्न भएको छ। शुक्रवार वेलफेयर रेस्टुरेन्टमा खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट डिल्लिसरे खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पर्शुराम श्रेष्ठ,उपाध्यक्षहरूमा क्रमश:चुडामणि पुरी ,जीवन राई र रबिन शेर्पा,महासचिवमा महेश दाहाल,सचिब-बुद्धि गिरि र सरोज काजी पाण्डे, कोषाध्यक्ष-बिश्वकला राई र सह-कोषाध्यक्ष-श्याम आचार्य चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरूमा एसन भुजेल, तेज बहादुर खत्री, अपिस राई, सन्जिव परियार,चित्र कुमार गुरुङ्ग, लेखनाथ पुरी, सुजन थुलुङ राई, एलिशा राई र प्रेम बहादुर राई रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रुद्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

संस्थाका अध्यक्ष कैलाश श्रेष्ठको सभापतित्व र गैर आवासीय राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न राजनीतिक ,सामाजिक,जातिय,धार्मिक र वर्गीय संस्थाहरु, नेपाली महिला समाज ,सम्पुर्ण प्रदेश र जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,पत्रकारहरु, कलाकारहरु साथै खोटाङ्गेली तथा गैर खोटाङ्गेलीहरुको बाक्लो उपस्थिति रहेको थियो। संस्थाका सल्लाहकारहरुका तर्फबाट जैवी राई तथा संस्थापकहरुबाट चानक पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले संस्थाले परदेश तथा स्वदेशमा गरेका राम्रा कार्यहरुको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी भट्टले आफू २०५३ सालमा कतारमा आएको र २०५४ सालमा यो संस्थाको स्थापना भएकोले खोटाङ्गले सामाजिक संस्थाको सुरुवात गरेको र त्यसको प्रत्यक्ष साक्षी आफू रहेको पनि बताए। संस्थाले अन्य संस्थाहरु सङ्ग जस्तै एनसीसी सङ्ग पनि समन्वय गर्दै आफ्ना सामाजिक र मानविय कार्यहरु गर्ने गरेकोमा खुशी पनि व्यक्त गर्दै संस्थाका हितको लागि एनसीसीबाट खेल्नुपर्ने हरेक किसिमका भूमिका र सहयोगको लागि आफू सदा तयार रहेको समेत बताए ।

कलाकारहरु गुना मगर निशु, एकराज राइ (युगल गायन” र गौतम लिम्बु (एकल गायन), त्यस्तै नृत्य तर्फबाट नृत्याङ्गनाहरु निरु श्रेष्ठ ,सरिता श्रेष्ठ र सुनिता शेर्पाले आफ्ना उत्कृष्ट प्रस्तुति सहित कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै खोटाङ्गेली साहित्यकार लेख कार्कीले गजल वाचन गरेका थिए। कार्यक्रममा एनआरएनए द सिंगर प्रतियोगितामा फाइनलिष्ट बनेकी लोक तथा दोहोरी गायिका गुना मगर र गौर आवासीय नेपाली तारा-२०२३ मा नृत्य विधाकि विजेता निरु श्रेष्ठलाई नगद सहित बधाई तथा प्रोत्साहन पत्र द्वारा सम्मान गरिएको थियो । त्यस्तै अधिवेशनमा प्रस्तुति दिने कलाकारहरु र फोटोपत्रकारलाई समेत नगद पारिश्रमिक उपलब्ध गराइएको थियो।

खुल्ला सत्रको समापन गर्दै सभापती श्रेष्ठले आफ्नो कार्यकालमा बढी भन्दा बढि संस्थागत हितका कार्यहरु गर्ने हरसम्भव प्रयास गरेको भन्दै ती प्रयासहरुमा होस्टेमा हैसे गर्ने सम्पुर्ण कार्यसमिति टिम,संस्थापकहरु,सल्लाहकारहरु, विभिन्न संघ संस्थाहरु लगायत पत्रकार र कलाकारहरु र अधिवेशन सफल बनाउन आफ्नो निमन्त्रणालाई स्विकार्दै उपस्थित हुने सम्पुर्ण प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका थिए।

संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्ली सेर खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव पर्शुराम श्रेष्ठले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?