जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

समाचार सारांश
Auto Generated by AI
  • सरकारले जेनजी आन्दोलनबारेको जाँचबुझ प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन अध्ययन गर्ने गरी औपचारिक रूपमा स्वीकार गरेको हो।
  • प्रतिवेदनमा ओली, लेखक र खापुङलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ।
पूरा समाचार सुन्नुहोस्

१ चैत, काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको उक्त प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
महेश भुसाल
लेखकको बारेमा

महेश भुसाल

भुसाल समाचारपाेष्ट डटकमका सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?