सफल व्यवसायी पेमा डोमा शेर्पाको उम्मेदवारीले पोर्तुगलमा खैलाबैला

पोर्तुगल, लिस्बोन । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका-२ निवासी पेमा डोमा शेर्पा पछिल्लो केही वर्षदेखि पोर्तुगलको राजधानी लिस्बोनमा रेस्टुरेन्ट व्यवसाय गर्दै आइरहेकी छन्। अहिले, गैर आवासीय नेपाली संघ (NRNA) पोर्तुगलको उपाध्यक्ष पदमा उम्मेदवारी दाबी गरेपछि लिस्बोनको चिया पसलदेखि ठूला बजारसम्म उनी चर्चाको विषय बनेकी छन्।

नेपालमा हुँदा सफल ट्रेडिङ व्यवसाय सञ्चालन मात्र नभई जर्मन प्रोजेक्टमा लामो अनुभव संगालेकी पेमा डोमा शेर्पा विगत तीन–चार वर्षदेखि पोर्तुगलमा स्थायी बसोबास गर्दै आएकी छन्। यसअघि उनले शेर्पा किदुक पोर्तुगलमा महासचिव भएर कार्यसम्पादनको अनुभवसमेत बटुलेकी छन्। “सक्दो सबैलाई सहयोग गर्ने भावना” बोकेकी पेमा डोमा शेर्पा हालसम्म शेर्पा महिलाको नेतृत्व गर्दै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने पहिलो शेर्पा महिला बन्न सफल भएकी छन्।

समाचारपोस्टसंग कुरा गर्दै उनले भनिन्, “यो उम्मेदवारी मेरो मात्रै होइन, सम्पूर्ण शेर्पा महिलाको उम्मेदवारी हो। सगरमाथाको जिल्ला भएको नाताले सम्पूर्ण शेर्पाको शिर सगरमाथा जत्तिकै उच्च राख्ने मेरो चाहना छ।”

पेमा डोमा शेर्पाको उम्मेदवारीले पोर्तुगलमा रहेका नेपाली समुदायमा नयाँ उत्साह र सकारात्मक चर्चा ल्याएको देखिएको छ। आगामी निर्वाचनमा उनको उम्मेदवारीलाई नेपाली समुदायले कस्तो स्वागत गर्छ, त्यो हेर्न बाँकी छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?