रुसबाट निर्वासित पत्रकार फ्रन्टलाइनमा खटिएका नेपालीको परिवार खोज्दै काठमाडौंमा

१७ जेठ, काठमाडौं । आफ्नो मुलुकबाट सयौं माइल दूरीमा रहेको देशका युवा आएर फ्रन्टलाइनमा लडिरहेको खबर सुन्दा रुसी पत्रकार इरिना क्राभ्सोभालाई आश्चर्य लागेको थियो ।

रुसको तर्फबाट फ्रन्टलाइनमा खटिएर नेपाली युवाले युद्ध लडिरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पढ्दा उनी आफैं चाहिँ स्पेनमा निर्वासित जीवन बिताइरहेकी थिइन् ।

रुसी र अंग्रेजी भाषामा रहेको यसको अनलाइन संस्करणलाई पनि मस्कोले प्रतिबन्ध लगाइसकेको छ । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर आफूहरुले लेखेका सामग्रीहरू पढिने गरेको उनी बताउँछिन् । प्रतिबन्धित नोभया गजेटाको सामग्री रुसमा कसैले सामाजिक सञ्जालमा शेयर गरे अपराध ठहर गर्दै प्रशासनले जेल हाल्ने गरेको छ ।

युद्ध सुरु हुने वित्तिकै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थुप्रै विषयहरूमा सेन्सर लगाएका थिए । ‘यदि तपाईं पत्रकार हुनुहुन्छ भने रुस–युक्रेन वार भनेर लेख्न पाउनुभएन, स्पेशल मिलिट्री अपरेशन (विशेष सैन्य कारबाही) भन्नुपर्ने भयो’, इरिना भन्छिन्, ‘यस्तोमा स्वतन्त्र पत्रकारिता गर्नेहरू निशानामा पर्ने भइहाले ।’

इरिना कार्यरत पत्रिकाले सन् १९९९ को चिचेन युद्धमा सरकारको विपक्षमा खबर छापेको थियो । त्यसबेलादेखि नै पुटिनसँग तनाव बढेको थियो । सन् २०२२ मा पनि युक्रेनसँग युद्ध सुरु हुने बित्तिकै नोभया गजेटाका पत्रकारहरू निशानामा परिहाले ।

यस्तोमा इरिना सहितका पत्रकारहरू निर्वासित भएर रुसमा भइरहेको गतिविधिबारे खबर पस्किरहेका थिए । ‘केही साथीहरुले देश नछाड्ने त्यहीँबाट समाचार लेख्ने सोच बनाए’, इरिनाले सुनाइन्, ‘तीमध्ये मेरा ३० जना साथीहरु अहिले रुसी जेलमा छन् ।’

निर्वासित रहेरै इरिनाले द्वन्द्वका क्रममा यौन हिंसामा परेका सयौं युक्रेनियन महिलादेखि निजी संवादमा युद्धबारे बोल्दा विदेशी नागरिकले भोगेको हैरानी बारेसम्म समाचार लेखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
महेश भुसाल
लेखकको बारेमा

महेश भुसाल

भुसाल समाचारपाेष्ट डटकमका सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?