अर्घाखाँची जेसिजको आयोजनामा “JCI with in US” One day training program सम्पन्न

अर्घाखाँची । प्रस्तावित अर्घाखाँची जेसिजको आयोजनामा “JCI with in US” One day training program सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रस्तावित अर्घाखाँची जेसिजका अध्यक्ष ओमहरि आचार्यले गरेका थिए भने प्रमुख अतिथिका रुपमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खिमानन्द भुसालको उपस्थिति थियो। विशिष्ट अतिथिका रुपमा नेपाल जेसिजका अध्यक्षका प्रमुख सल्लाहकार तथा जेसीआई सिनेटर विजय गुरुङ, अतिथिका रुपमा पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिनेटर राजु पौडेल र पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अर्घाखाँची जेसिजका सल्लाहकार चन्द्रमणि भुसालको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव जेसी सुरज रायमाझीले गरेका थिए भने स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष जेसी कृष्ण भुसालले राखेका थिए । जेसिज आस्था बाचन जेसी विष्णु प्रसाद भुसालले र मिसन भिजन बाचन प्रवेश भुसालले गरेका थिए ।

तालिममा मुख्य प्रशिक्षकको रुपमा जेसीआई सिनेटर राजु पौडेलले ‘जेसिज भनेको के हो’, ‘नेतृत्व तथा व्यक्तित्व विकासमा यसको भूमिका’, तथा ‘उद्यमशीलतामा कसरी जेसिजको माध्यमबाट अगाडि बढ्न सकिन्छ’ भन्ने विषयमा विस्तृत प्रशिक्षण दिएका थिए ।

तालिममा ४१ जना युवाहरूले सहभागी भएर जेसिजको अवधारणा, कार्यक्षेत्र तथा त्यसबाट प्राप्त हुने व्यक्तिगत तथा सामाजिक परिवर्तनका पक्षमा जानकारी लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?