ओखलढुङ्गामा पहिरो : एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा चारजनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नं. ८ स्थित स्थित जनजाति बस्ती (गुरुङ बस्ती) मा बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको हो। तीनजनाको शव निकालिएको छ भने दिपेशको शव निकाल्ने प्रयास भइरहेको बरालले जानकारी दिए।

पहिरो गएलगत्तै बस्तीका अन्यले भागेर ज्यान जाेगाएको उनले जानकारी दिए। क्षतिको थप विवरण संकलन भइरहेकाे छ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिए।

२०७२ सालको भूकम्पका कारण बस्तीमाथिको डाँडोमा धाँजा फाटेका कारण जोखिम रहेको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए। करिब १५० घरधुरी रहेको बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?