देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पूरा

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद मुक्त गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पुगेको छ।

२०७८ साल वैशाख २७ गते संसदबाट विश्वासको मत गुमाएका ओलीले जेठ ८ गते पुनः संसद विघटन गरेका थिए।  त्यसपछि जेठ १० एमालेकै माधवकुमार नेपाल पक्षीय सांसद्हरूसहित शेरबहादुर देउवालाई समर्थन गर्नेमध्ये १४६ सांसद सर्वोच्चमा भौतिक रूपमा उपस्थित भएर ओलीलाई पुन: प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न  परमादेश माग गरेका थिए। त्यसको झण्डै डेढ महिनापछि उनीहरुको माग बमोजिम समय नै तोकेर  सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनि परामादेश जारी गरेको थियो। सर्वोच्चले ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए।  त्यसपछि चार सदस्यीय मन्त्रिमण्डल सहित शेरबहादुर देउवाले असार २९ गते राष्ट्रपति भण्डारीबाट शपथ लिएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?