नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको अध्यक्षमा पोखरेल निर्वाचित

समाचार सारांश
Auto Generated by AI
  • नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको चौथो अधिवेशनले सुमन्तप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
  • नवनिर्वाचित कार्यसमिति १५ सदस्यीय रहेको र सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
  • कार्यक्रममा ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरूको हकहितका लागि संस्थाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ।

सन्धिखर्क, अर्घाखाँची। नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको चौथो जिल्ला अधिवेशनबाट सुमन्तप्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चुरामणी भट्टराई र गोपालप्रसाद पौडेल, सचिवमा माधवराज चुँदाली, सहसचिवमा पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा कमलप्रसाद आचार्य तथा सहकोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा विष्णुप्रसाद आचार्य, पदमप्रसाद चुँदाली, नरेश अधिकारी, यमप्रसाद शर्मा, केशवराज चुँदाली, बाबुराम मरासिनी, हिमाल अधिकारी र उमबहादुर नेपाली सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिका सचिव ढुण्डीराज ज्ञवालीले जानकारी दिनुभयो।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव आचार्य शिवलाल पौडेलले ज्योतिषशास्त्रको संरक्षण, संवर्द्धन तथा ज्योतिषीहरूको हकहितका लागि परिषद् स्थापना भएको उल्लेख गर्नुभयो। उहाँले संस्थाको उद्देश्य पूरा गर्न सबै सदस्य सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो।

उहाँले ज्योतिष क्षेत्रसँगै धर्म तथा संस्कृतिको संरक्षणमा समेत परिषद्को महत्वपूर्ण भूमिका रहने बताउँदै संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान दिने निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष ढुण्डीराज ज्ञवाली, उपाध्यक्ष केशवराज आचार्य तथा उपमहासचिव अनन्तप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

उद्घाटन सत्र निवर्तमान अध्यक्ष मतिराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष सुमन्तप्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विष्णुप्रसाद आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?