
- कपिलवस्तुको पकडी–चाकरचौंडा सडकमा प्रहरीले मोटरसाइकलको सिटमुनि लुकाएको ५ लाख ४८ हजार ५०० रुपैयाँ बरामद गरेको छ।
- चेकजाँचका क्रममा चालक फरार भएपछि प्रहरीले उक्त मोटरसाइकल खानतलासी गर्दा सो रकम फेला परेको हो।
- बरामद रकम र मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।
कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिका–२ पकडी–चाकरचौंडा सडकखण्डमा प्रहरीले नियमित चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनि लुकाइ राखिएको रु. ५ लाख ४८ हजार ५०० नगद बरामद गरेको छ।
प्रहरीका अनुसार चालक फरार भएपछि गरिएको खानतलासीका क्रममा उक्त रकम फेला परेको हो। बरामद नगद तथा मोटरसाइकल आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जनाइएको छ।













