पाणिनी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा 

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ।

सोमबार एक विशेष कार्यक्रमका बीच पाणिनी गाउँपालिका सम्पूर्ण रूपमा खोप सुनिश्चितता हासिल गरेको घोषणा गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा स्थानीय स्वास्थ्य संस्थाहरूको सक्रियतामा बालबालिकाका लागि आवश्यक पर्ने सम्पूर्ण नियमित खोप सेवा सुनिश्चित गरिएपछि यो घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति अर्घाखाँचीले गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो । खोप कार्यक्रमको प्रभावकारिताबारे जानकारी दिँदै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले १५ महिना मुनिका सबै बालबालिकालाई नियमित खोप उपलब्ध गराइएको, साथै विद्यालयस्तरका किशोरीहरूलाई एचपीभी खोप तथा अन्य लक्षित समूहलाई समेत आवश्यक खोप सेवा पुर्‍याइएको जानकारी दिए । साथै उनले दिगोपनाको लागि

कार्यक्रममा जिल्ला खोप समन्वय समिति अर्घाखाँचीका प्रतिनिधि, जनप्रतिनिधि, वडा अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक सबै खोप सेवा पुर्‍याएको पुष्टि भएपछि पाणिनी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित गरिएको हो।

यस घोषणासँगै गाउँपालिकामा बाल मृत्युदर घटाउने, संक्रामक रोग नियन्त्रण गर्ने र समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?