ऐरावती ६ मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

ऐरावती गाँउपालिका वार्ड नं.६ मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ऐरावती गाँउपालिका प्युठान,हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्युठानको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता विकास परीयोजना अन्र्तरगत वार्ड नं. ६ को हात्तीपाइलामा निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको प्राविधिक संयोजक खिमराज श्रेष्ठले जानकारी दिनुभयो ।

वार्ड नं. ६ का लेवसखोला,हात्तीपाईला,वखलढुङ्गा, धारीचौर,महेन्द्रदिप,हाडीखोला,चिदियापाहा,मडै लगायतका स्थानका १ सय ५० कृषक घरधुरीले उक्त शिविरबाट सेवा लिएको वार्ड अध्यक्ष भरत बहादुर खड्का क्षेत्रीले जानकारी दिनुभयो ।
शिविरमा पशु बस्तुमा हुने बिभिन्न रोग बिरुद्धका औषधि निशुल्क वितरण,पशु पालन सम्बन्धि प्राविधिक ज्ञान,खसि बनाउने,विरामि पशुको उपचार लगायतका सेवा प्रदान गरीएको थियो ।


कार्यक्रमको उद्घाटन गर्नेक्रममा वार्ड अध्यक्ष भरत बहादुर खड्का क्षेत्रीले स्थानीय कृषकको पशुबस्तुमा हुने रोगको उपचार साथै प्राविधिक ज्ञान दिने उद्धेश्यले शिविर सञ्चालन गरीएको जानकारी गराउनुभएको् थियो । कार्यक्रममा वडा सदस्य शिवराज श्रेष्ठ,वडा कार्यलयमा कार्यरत पशु प्राविधिक मेनका भण्डारी, ग्रामिण पशु स्वास्थ्य कार्यक्रर्ता बविन थापा,लगायत मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका प्रतिनिधीहरु, परीयोजनामा कार्यरत प्राविधिक तथा कर्मचारीहरुको उपस्थिती रहेको सामुदायिक सहजकर्ता नेहा शाहाले जानकारी दिनुभयो ।

 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?