आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।

गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ ओभर २  बलमै ३ विकेट गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले अविजित १ सय २ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका ट्राभिस हेडले सर्वाधिक ४८ रन जोडे । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । दिल्लीमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?