सस्तोमा विदेश कल गर्न मिल्ने टेलिकमको एक्सेस कोड १४२४ बन्द, अब के गर्ने ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सस्तो दरमा विदेश कल गर्न मिल्ने एक्सेस कोड १४२४ बन्द गरेको छ । कम्पनीले यसअघि प्रचलनमा रहेको अन्तर्राष्ट्रिय एक्सेस कोड बन्द गर्दै अन्य विकल्प प्रयोग गर्न आग्रह गरेको छ ।

कम्पनीका प्रवक्ता हरि ढकालका अनुसार दुई दिन अघि मात्र १४२४ एक्सेस कोड बन्द गरिएको थियो । ग्राहकलाई उक्त एक्सेस कोड प्रयोग गरी कल गर्ने क्रममा नै यसबारे जानकारी दिने गरिएको छ ।

“हाललाई अस्थायी रूपमा १४२४ एक्सेस कोड बन्द गरिएको छ,” प्रवक्ता ढकालले भने, “ग्राहकले त्यसको साटो १२२५, १४४५ वा ०० प्रयोग गर्न सक्नु हुन्छ ।”

भारतमा कलको पल्स रेट (कल गर्ने क्रममा बिलिङका लागि गणना हुने न्यूनतम अवधि) बढेका कारण १४२४ बन्द गरिएको उनको भनाइ छ । टेलिकमको नम्बरबाट विदेशमा कल गर्ने क्रममा यस्ता एक्सेस कोड प्रयोग गर्दा सस्तो पर्न जान्छ ।

अन्तर्राष्ट्रिय एक्सेस कोड प्रयोग गर्दा कुन देशका लागि टेलिफोन शुल्क कति लाग्छ भन्ने विषयमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?