आज गुरु पूर्णिमा; गुरुप्रति आदर गरि मनाइदै

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अँध्यारोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।

जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई शास्त्रमा गुरु भनिएको छ । आफू आचरणमा बसेर अरूलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ। व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ । जीवनका कठिन मोडहरुबाट असल बाटोतर्फ डोर्‍याउने गुरुको महत्त्वलाई विशेष रूपमा लिने गरिएको यस पर्वलाइ सनातन धर्मावलम्बीहरुले निकै श्रद्धा र भक्तिपुर्वक मनाउने गर्दछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?