शिक्षकहरुको आन्दोलनका कारण आजदेखि कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य स्थगित

काठमाडौं ।
साविक उमावि (कक्षा ११/१२) तहमा कार्यरत शिक्षकहरूको पेसागत साझा संगठनका रुपमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) केन्द्रिय समितिको बैठकको निर्णयानुसार आजदेखि देशभरका शिक्षकहरुले राष्ट्रिय परीक्षा वोर्डद्वारा संचालित कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्यलाई रोकेका छन् ।

विभिन्न पेसागत मागहरू राख्दै शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएको हिस्टुनले जनाएको छ। विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा रोक लगाउने जनाएको छ ।

सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटालाइ दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने संघीय शिक्षा ऐनमा साविक उमावि (कक्षा ११ र १२) तहमा अध्यापनरत शिक्षकहरुको समस्या समाधान हुने गरी मुद्दाहरु समेटिनुपर्ने माग हिस्टुनले राखेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?