फेरि विद्यालय कर्मचारी आन्दोलित : असार २ देखि देशभरका स्कुल बन्द गर्दै

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी असार २ गतेदेखि शभरका सरकारी (सामुदायिक) विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ।

आगामी आव बजेटमा विद्यालय कर्मचारीको माग सम्बोधन नभएपछि उनीहरूले विद्यालय बन्द गर्ने तयारी गरेका हुन्। नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले असार २ गतेदेखि देशभरका सरकारी विद्यालय बन्द गर्न आह्वान गरेको जानकारी दिए।

उनले भने, ‘सरकारले पटक पटक धोका दियो, आश्वासनमात्र दियो तर माग पूरा गरिदिएन। हामी बाँच्ने आधार नै राखिएन, विद्यालयमा काम गर्दागर्दै ४५ वर्ष बित्यो, अब लोकसेवा भिड्न नि पाइँदैन, बेरोजगार भइने भयो, त्यसैले अनिश्चितकालका लागि विद्यालय बन्द गर्छौं।’

यसअघि पनि माग पूरा नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्द गरेको थियो।

परिषद्ले विभिन्न माग राख्दै गत भदौ १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द आह्वान गरेको थियो। यही आह्वानलाई ऐक्यबद्धता जनाउँदै भदौ १२ गते केही स्थानीय तह विद्यालय बन्द गर्‍याे।

परिषद्ले आफ्नो आह्वानविपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी पनि दियो। त्यसपछि शिक्षा मन्त्रालयले १२ भदौमा विद्यालय बन्दको कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गर्‍याे।

शिक्षा मन्त्रालयले वार्तामा बोलाएर माग पूरा गर्ने भएपछि परिषदले आन्दोलन कार्यक्रम फिर्ता लियो।

तर सरकारले माग पूरा गर्ने आश्वासन दिएको ९ महिना बितिसक्दा पनि ती निर्णय सरकारले कार्यान्वयनमा ल्याएको छैन। त्यही कारण पुनः विद्यालय कर्मचारीहरू आन्दोलित छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?