अर्घाखाँचीकाे गुराँस जंगल रिसोर्ट : नेपालमै पहिलोपटक स्काइ बेडकाे मज्जा

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको कुँडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ ।

गोरुसिंगे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुँडुले जंगलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काइ साइक्लिङ, स्काइ क्याफे र नेपालमै पहिलोपटक स्काइ बेड (तारमा झुण्डिएर सुत्ने बेड ) र घोडचढी सहित रिसोर्ट सञ्चालनमा आएको हो ।

No description available.

चार जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको संयुक्त लगानीमा सय रोपनी जग्गामा बनेको रिसोर्टमा १० वटा वाताकूलित आवासीय कोठा र बाल उद्यान पनि छ । रिसोर्टले आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरापालन पनि गरेको छ ।

कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा विभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए ।

No description available.

‘ग्राहकलाई आफ्नै उत्पादनको स्वाद र साहसिक मनोरञ्जन सहित जंगलमा आकर्षक र सुविधायुक्त पर्यटकीय गन्तव्य बनाउन खोजेका छौं,’ भुसालले भने, ‘अर्घाखाँचीमा सुपादेउराली मन्दिरपछि आकर्षक पर्यटकीय गन्तब्य बनाइ भारतीय पर्यटकलाई भित्राउने लक्ष्य छ ।’

No description available.

कृषि कलेजमा अध्ययन गरे पश्चात विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाठका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपन्छी प्रालिले बजारीकरणको ब्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्टसहित सय वटा बाख्रा, १५ सय कालिज र २ हजार रैथाने कुखुरा पालनमा रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?