अर्घाखाँची/पाणिनि
अर्घाखाँची जिल्लाको पाणिनि ५ मैदानमा अवस्थित मनोकामना भगवतीको मन्दिरमा वृहत् धार्मिक अनुष्ठान सम्पन्न भएको छ
चैत्राष्टमीको पावन अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो।
सनातन धर्म संस्कार र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले तथा हरेक मानवमा धार्मिक भावना अभिवृद्धि गर्ने उद्देश्यले विविध धार्मिक अनुष्ठानहरुको आयोजना गरिएको थियो।
मनोकामना मन्दिर व्यवस्थापन समिति तथा यस क्षेत्रका धार्मिक व्यक्तिहरूको भेलाले चैत्राष्टमीको अवसर पारेर मन्दिरमा अखण्ड हरिकृतन,भगवती विशेष पुजन, सत्यनारायण पुजा,विभिन्न पाठ पारायण,हवन आदि विभिन्न धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।













