काठमाडौं । नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितीद्वारा आज आयोजित बृहत् तरुण भेलालाई सम्बोधन गर्दै नेपाल तरुण अध्यक्ष विद्वान गुरुङज्युले नेपाल तरुण दलमा आवद्ध हुने हरेक सदस्यले आफ्नो पार्टी जिल्ला शभापती एबम केन्द्रिय शभापती बिरुद्द सामाजिक सन्जालमा लेख्ने छुट नभएको कुरा बताएका छन् ।
उनले यदि आउने दिनहरुमा कोहि पनि तरुण सदस्य अनुशासनमा नरहे कसैलाइ नसोधी पदिय जिम्मेवारीबाट हटाउने चेतावनी दिए । काभ्रे भ्रष्टाचार कम्युनिस्ट नेताको जिल्ला भनेर बाहिर सुनिदै आएको कुरा बताउदै अध्यक्ष गुरुङले उक्त जिल्ला कृषिमुखी जिल्ला भएको कुरा बताए । आज यहाको उब्जेका तरकारी हरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पुगेका छन । यहाँ उब्जेको कृषि जन्य सामाग्रीहरु बजारमा फैलाउन तरुणहरुलाइ अग्रसर हुन आग्रह गरे ।
कार्यक्रम भव्य रुपमा आयोजना गरेकोमा नेपाल तरुण दल काभ्रे जिल्ला अध्यक्ष एबम कार्यसमिति र उपस्थित तरुण हरुलाइ नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले धन्यवाद समेत दिएका थिए ।













