बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दै छन् । फाइनल खेल बुटवल देवीनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा दिउँसो तीन बजे हुनेछ ।
सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । मनाङ भने फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पाखा लगाउँदै उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।













