दाइको हार, संसदलाई भाउजू उपहार

गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रुपन्देही ३ बाट पराजित भए । खाण राप्रपाका दीपक बोहरासँग हारे । सत्ता गठबन्धनका उम्मेदवार खाण प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।

२०५९ सालमा नेपाली कांग्रेस फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेका देउवालाई खाँणले दरिलो साथ दिएका थिए। त्यो बेला तरुण दलका अध्यक्ष खाँणले सिंगो तरुण दललाई कांग्रेस प्रजातान्त्रिकमा ल्याएका थिए। देउवाले पनि खाँणलाई पार्टीमा केन्द्रीय सदस्य बनाएका थिए।

खाँणले देउवाको आदेश पालनामा कुनै विश्वास घात गरेका छैनन्। कांग्रेसको गत १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने निर्णय गरेका खाँणले देउवाको आग्रहमा उम्मेदवारी समेत दिएनन् । देउवाले कृष्णप्रसाद सिटौला गुटका प्रदीप पौडेललाई भागवण्डामा महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका थिए। खाँणले देउवाको आग्रह सहर्ष स्वीकारे।

पार्टी फुटदेखि एकीकरणसम्म देउवाको दाहिने हात भई इमान्दारिताका साथ देउवालाई साथ सहयोग गरिरहेका खाँणलाई देउवाले पनि खुसी बनाउन कुनै कसर बाँकी राखेका छैनन्। सधैं देउवाको पहिलो रोजाइमा पर्छन्।

२०७४ सालमा चौंंथो पटक प्रधानमन्त्री बन्दा रक्षा मन्त्री बनाएका देउवाले हालको मन्त्रीमण्डलमा खाँणलाई गृहमन्त्री समेत बनाए। देउवा सरकारलाई आम निर्वाचन गराउने जिम्मेवारीसमेत रहेकाले खाँणलाई गृहमन्त्री बनाउँदा विश्वसनीय हुने देउवाको सोचाइ थियो।

तर, देउवाले विश्वास गरेका खाँणलाई जनता विश्वास गरेनन्। प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिस्पर्धा गरेका बालकृष्ण खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग २ हजार ६ सय ८१ को मतान्तरले पराजित भए।

उनि पराजित भएपनि उनकी श्रीमती मन्जु खाँण समानुपातिकबाट सांसद बनेक छन् । मन्जु खाणले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिसकेकी छन् ।

श्रीमान प्रत्यक्षतर्फ र श्रीमती समानुपातिकतर्फ उम्मेदवार बनाएको भन्दै कांग्रेसभित्र खाणको आलोचना पनि भएको थियो । खाँण दाम्पति सभापति देउवा निकट छन् । मन्जुले सिरहाबाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहेकी थिइन् तर पाइनन् ।

आफ्ना श्रीमतीलाई समानुपातिकमा सिफारीस गर्नु र आफु पनि प्रत्यक्ष तर्फ चुनाव लड्नु नै खाँणको हार र समानुपातिक मत कम आउनुको मुख्य कारण रहेको बिश्लेषण हुने गरेको छ ।

नेपाली राजनीतीमा खाण मात्र होइन, परिबारवाद र नातावाद लाई प्रसय दिने नेपालका ठुला भनिने नेकपा एमाले,माओवादी केन्द्र लगायतका दलहरु पनि सक्रिय देखिन्छन् । हालचालै सप्पन्न निर्वाचनको परिणामबाट बैकल्पिक शक्तिको रूपमा उदाएको रास्ट्रिय स्वतन्त्र पार्टीको उदय पनि यी र यस्तै कारणकाे उपज हाे भन्न सकिन्छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?