पाणिनि गाउँपालिकाले प्रस्तुत गर्‍यो ७२ करोडको बजेट: कृषि, पर्यटन र पूर्वाधारमा जोड

अर्घाखाँची । पाणिनि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७२ करोड २० लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले असार ८ गते प्रस्तुत नीति तथा कार्यक्रमको आधारमा यो बजेट गाउँसभामा पेश गरेकि हुन्।

गाउँपालिकाले यसपटक कृषि, धार्मिक पर्यटन र रोजगारी सिर्जनालाई बजेटको प्रमुख प्राथमिकतामा राखेको छ। दिगो भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सुधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र स्थानीय स्रोत साधनको सन्तुलित विकासलाई पनि बजेटले उच्च महत्व दिएको छ। यसका साथै, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा समेत गाउँपालिकाले जोड दिएको छ।

बजेटमा प्रत्येक वडाका लागि ४० लाख रुपैयाँको सिलिङ तोकिएको छ, जसले स्थानीयस्तरमा विकास निर्माणका कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ। पाणिनी गाउँपालिकाको यो बजेटले समग्र क्षेत्रको सन्तुलित विकास र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?