नेपालमै पहिलोपटक शङ्ख बजाउने प्रशिक्षण सम्पन्न 

बुटवल ।  बुटवलमा शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ। धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक लुम्बिनी पूजासामग्री भण्डार बुटवलद्वारा सामूहिक शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विश्व हिन्दु महासङ्घ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २०जना प्रशिक्षकहरूले विभिन्न समूहमा प्रशिक्षार्थीहरूलाई विभाजन गरी शङ्ख बजाउन अभ्यास गराएका थिए |
कार्यक्रममा शङ्खको उत्पति, परिचय, शङ्खको धार्मिक,सांस्कृतिक वैज्ञानिक महत्त्व, शङ्ख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीजीले कार्यपत्र पेश गर्नुभएको थियो।
प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शङ्खको महिमा,स्थान र कथा प्रसंग भएको उल्लेख गर्नुभएको थियो।
सञ्चारकर्मी खेम रेग्मीले यस प्रकारका कार्यक्रमले हाम्रो धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने र यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने कुरामा जोड दिनुभएको थियो |
घरघरमा शङ्ख भएर पनि बिहान साँझको नित्य पूजामा बज्न छोडेको ,शंख बजाउने इच्छा भएर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शङ्ख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शङ्ख बजाउन सिकाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी गराउनुभयो |
कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलोपटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साँच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्या उने विश्वास व्यक्त गर्नुभयो |
आगामी दिनमा पनि पूजासामग्री भण्डारले विभिन्न प्रशिक्षण एवम् कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहने कार्यक्रमका संयोजक एवं अध्यक्ष सुन्दर भण्डारी बताउनु भयो |
लुम्बिनी प्रदेश र नेपाल भारत सीमावर्ती क्षेत्रबाट समेत गरी २५० जनाको सहभागिता रहेको कार्यक्रममा महिला,युवा ,ज्येष्ठ नागरिक ,धार्मिक अभियन्ता ,ज्योतिष पण्डित आदिको उत्साहजनक उपस्थित थियो| आचार्य कमल पौडेलले संचालन गर्नुभएको कार्यक्रममा प्रशिक्षार्थीले जीवनमै पहिलोपटक यसरी विभिन्न कला स्वर सहित निःशुल्क शङ्ख बजाउन तालिम पाएकोमा अत्यन्त खुसी लागेको कुरा व्यक्त गरेका थिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?