मौलिकता बोकेको तिज गित ” छोरी भ र जन्मनु ” सार्वजनिक

पछिल्लो समय तिज गीतका नाममा विकृति, विसङ्गति र छाडापन मौलाइरहेको बेला म्याग्दी घर भई हाल प्रवासमा बसेर पत्रकारिता गरिरहेका व्यावसायिक फोटो पत्रकार तिलु शर्मा पौडेलले मौलिकता बोकेको तीजको कोसेली ‘छोरी भ’र जन्मनु’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा चर्चित गायिका शान्तिश्री परियारले आवाज भरेकी छिन् भने गीतको संगीत संयोजन याम थापामगरले गरेका छन्।

बाबा इन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा छोरा र छोरीमा भेदभाव गर्ने परम्परा नेपाली समाजमा हालसम्म पनि विद्यमान रहेको र यस्तो मान्यता राख्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ ।जति वटी छोरी जन्मिए पनि छोराकै चाहना राख्नेहरू अझै पनि कैयौँ छन्। कूल र वंश धान्न छोरो नै चाहिन्छ भन्ने रुढीवादी परम्पराका विषयवस्तु गीतमा समेटिएको छ। गीत र म्युजिक भिडियोमा छोरी र बुहारीमा भिन्नता देख्न नहुने, नारीहरू सबै एकै हुन् भन्ने सन्देश पनि समेटिएको छ।

गीतका शब्दहरू भनेँ कतारलाई कर्मथलो बनाउँदै आएका व्यावसायिक फोटो पत्रकार तथा संगीत व्यवसायी समेत रहेका तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले सङ्कलन गरेका हुन्।

बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन्। सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएका छन्।

पछिल्लो समयका अत्यन्तै व्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार पारिएको भिडियोमा क्यामेरामा अजय रेग्मी छन् भनेँ सम्पादनको कार्य अमृत चापागाईँले गरेका हुन्

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?