इजरायलबाट फर्किए २५४ नेपाली

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली बिहीबार राति स्वदेश फर्किएका छन्।

उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्किन चाहने ५०३ मध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिटै ल्याउने जानकारी दिए।

‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्किन चाहने नेपालीलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ’, उनले भने, ‘५०३ जनाले नेपाल फर्कन अनुरोध गरेकोमा २५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ।’

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए। चार नेपाली  घाइते भएकोमा एकजना उपचारपछि सँगै स्वदेश फर्किएको,  एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको उनले बताए। ‘आक्रमणमा परी  सम्पर्कविहीन विपीन जोशीको खोजी निरन्तर जारी छ’, उनले भने, ‘ थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ।’

इजरायलमाथि हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनाको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए। कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको मन्त्री साउदले बताए।

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले योपटक छुटेकालाई सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ।

उद्धार गरी नेपाल ल्याइएका नागरिकलाई गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा बस तयारी अवस्थामा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?